काठमाडौँ, ३० जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिशनमा करको दररेट लगाएको गंभिर आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले उक्त आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले भन्सार करका दररेटलाई राति ल्याएर हेरफेर गर्नुभयो भन्ने सुन्यौं । अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्यौं ।’
सांसद बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । ६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उहाँले फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं रु भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई सुझाव छ । उहाँले भन्नुभयो, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् । मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्