राजनीति

अर्थमन्त्रीलाई पटक–पटक भन्दा पनि मन्त्रालयकाे बजेट कटाैती भयाे : मन्त्री आले



काठमाडौँ, १ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन ।

आज प्रतिनिधि सभाको बैठकमा विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले बजेट कटौती गरिदिँदा कतिपय पालिकासँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्ने परेको बताए ।

उनले भने, ‘बजेट गएकाे वर्षको भन्दा नाै दशमलव आठ प्रतिशत वृद्धि भएको छ । तर मेरो मन्त्रालयकाे साढे १० अर्ब रुपैयाँ बजेट कटौती भएको अवस्था छ । विभिन्न पुरातात्त्विक महत्त्वका आयोजना, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने, पर्यटक भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ तर बजेट अभाव भयो । कम्तीमा पाँच अर्ब रुपैयाँ मात्रै दिएको भए पनि २० लाख रुपैयाँको २५ वटा योजना लागू गर्न सक्थ्यौँ ।’

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने दाबी पनि गरेका छन ।