विश्व

अमेरिकामा ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि



एजेन्सी, २ असार । अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ ।

फेडरल रिजर्भ बैंकले १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो । गएको मार्च महिनामै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अर्थविद्ले बताएका छन् ।

यो वर्षको अन्त्यसम्ममा बैंकले फेडरल रिजर्भ बैंकबाट सापटी लिँदा ३ दशमलव ४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने जनाइएको छ । यसले नागरिकले पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।