काठमाडौँ, २ असार । भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ ।
नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको छ। डिजेल प्रतिलिटर १९ रुपैयाँ ०३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ।
हाल नेपाल आयल निगम (एनओसी)ले पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँमा बिक्री गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्