Banner News

मन्त्रिपरिषद्बबाट नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि स्वीकृत



काठमाडौँ, ३ असार । नेपाली नर्सलाई बेलायत पठाउनका लागि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो ।

बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ । पहिलो चरणमा पाइलट बेसमा डेढ सय नर्स पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।