Banner News

अर्थमन्त्री र विश्व बैंककी प्रबन्ध निर्देशकबीच भेटवार्ता



काठमाडौँ, ५ असार । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज अर्थमन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका छन ।

विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिए । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माको भनाइ थियो ।

भेटमा विश्व बैंककी प्रबन्ध निर्देशक पान्जेस्तुले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्‍याउने बताएकी थिइन् ।