काठमाडौँ, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) फिर्ता लिनेबारे छलफल नभएको बताएका छन् ।
आज सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको बैठकमा यसबारे छलपल नभएको बताएका हुन् ।
उनले सेनाले अमेरिकालाई पत्र पठाउनु ठीक थियो कि थिएन भनेर छलफल हुनुपर्ने बताए । ‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन ? त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ’ अध्यक्ष नेपालले भने ।
गठबन्धनको छलफलमा प्रधानमन्त्री देउवाले आफूहरुसँग राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन, ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’










प्रतिक्रिया दिनुहोस्