काठमाडौँ, ८ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउनुभएको छ ।
बुधवार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गर्नुभयो । अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको उल्लेख गर्दै नेता खनालले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हीतको लागि नमूना काम गर्नुपर्ने बताउनुभयो । सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा आफ्नो पार्टी रहेको बताउनुभयो । नेकपा एकीकृत समाजावादी मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताउँदै उहाँले सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्नेमा जोठ दिनुभयो ।
नेता खनालले भन्नुभयो, ‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौँ, नौ होइन, २० लाख भन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौँ । यसमा हाम्रा पनि केही त्रुटी कमजोरीहरु रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्योन । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ । मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसकोबिरुद्धमा आवाज उठाउनुपर्छ । नेकपा एकीकृत समाजावादी यो मूल्यवृद्धिका पक्षमा छैन । अविलम्व सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ । जनतालाई सहुलियत दिनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्