काठमाडौँ, ९ असार । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले प्राप्त गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ज्वारचनलाई दिएको नियुक्ति पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।’










प्रतिक्रिया दिनुहोस्