राजनीति

पाँच महिना भित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव दुईवटा मिति प्रस्ताव



काठमाडौँ, १० असार । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मिति प्रस्ताव गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठका अनुसार आयोगले एकै चरणमा गर्ने भए कात्तिक ३० गते गर्ने अनौपचारिक प्रस्ताव पठाएको हो ।

आज काठमाडौँ महानगरपालिकाको नगरसभामा बोल्दै उनले भने, “आयोगले दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको छ, “एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्ने भनिसकेको छ ।”

उनले अब निर्वाचन धेरै टाढा नभएको पाँच महिनाभित्र चुनाव हुनेसमेत बताए ।