काठमाडौँ, ११ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको र अब अस्वभाविक मूल्यवृद्धि पनि नियन्त्रण गरिने बताएका छन ।
आज पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउदै मूल्य समायोजन गरिएको जानकारी दिए । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए । अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्ने र नयाँ मूल्य शनिबार रातिबाटै लागु हुने उनले बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुमा समेत मूल्य बढेकाले सरकार यस विषयमा संवेदनशील रहेको बताए । उनले राज्यका सवै सम्यन्त्र मिलेर बजार अनुगमन बढाउने र अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गरिने जानकारी दिए ।
यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो । त्यसलगतै मन्त्रिपरिषद्को बैठक बसेको र पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको मन्त्री बडुले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्