Banner News

आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौंः अध्यक्ष थापा



धनगढी, १२ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गर्नुभएको छ ।

शनिबार धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पु¥याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताउनुभयो । पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत भएको बताउनुभयो ।