काठमाडौँ, १२ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले न्यायपालिकामा न्यायाधीश प्रक्रिया नै गलत ढंगबाट भइरहेकाले न्यायक्षेत्रमा विकृति र विसंगतिको सुरुवात विन्दु नै न्यायाधीश नियुक्ति प्रकृया रहेको बताएका छन् ।
आज संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकमा बोल्दै उनले न्यायाधीश नियुयक्ति गर्दा योग्यता क्षमता र र उसले सम्पादन गरेको कामहरू नहेरी ‘तेरो’ र ‘मेरो’ मान्छेलाई नियुक्त गर्दा न्यायालय सुधार हुन नसकेको बताए ।
उनले भने, “न्यायधीश नियुयक्ति गर्दा योग्यता क्षमता र उसले सम्पादन गरेको कामहरू नहेरी तेरो वा मेरो मान्छे भन्दै नियुक्त गर्दा न्यायालमा राजनीतीकरण भएको हो ।”
उनले न्यायपरिषदले न्यायधीश नियुक्तिका लागि निर्देशिका तयार गरिसकेको जानकारी दिए । “न्यायपरिषद्ले न्यायधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार पारेको छ , यहीँ हप्ता हामी त्यसलाई राजपत्रमा प्रकाशित गर्छौं र न्यायाधीश नियुक्ति गर्दा पब्लिक अडिटको काम हुनेछ,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्