समाचार

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि



काठमाडौँ, १२ असार । काठमाडौँ उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ ।

हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । निर्देशक डा. दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।