राजनीति

मन्त्री झाँक्रीद्वारा राजीनामा



काठमाडौँ, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् ।

आज मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएकी हुन् । आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् ।

उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् ।कार्यक्रम जारी रहँदा उनले आफूलाई सम्हालिन र हाँसो पनि देखाइन् ।