Banner News

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन



काठमाडौँ, १२ असार । मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विधादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्री नियुक्त भएका हुन् ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।