काठमाडौँ, १३ असार । आज मनसुनी वायुको प्रभाव देशभरि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सामान्य बदली रही प्रदेश नं–१ र अन्य प्रदेशका पहाडी भू–भागमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमामेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू(भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्