समाचार

विद्यालय गएका एक छात्र मृत फेला



खोटाङ, १३ असार । खोटाङमा विद्यालय गएका एक छात्र चार दिनपछि खोलामा मृत अबस्थामाफेला परेका छन् ।

प्रहरीका अनुसार गएको ८ गते बिहान ९ बजे विद्यालय हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन् । दाहाल कालीका माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले दाहालको शव दहमा डुबिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।