काठमाडौँ, १३ असार । आज शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नाै सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।
आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीकाे ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।










प्रतिक्रिया दिनुहोस्