Banner News

गठबन्धनको सरकार आएपछि राष्ट्रियतामाथिको खतरा झन् बढ्यो : नेता खनाल



काठमाडौँ, १३ असार । नेकपा एकीकृत समावादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन बनेदेखि राष्ट्रियतामाथि खतरा बढेको बताएका छन् ।

नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै नेता खनालले गठबन्धन बनेदेखि देश त्यसतर्फ धकेलिएको बताए । उनले भने, ‘सत्ता गठबन्धन बनाएपछि राष्ट्रियता बलियो बनाउँछौं जस्तो लागेको थियो । सुदृढ हुँदै जान्छजस्तो लागेको थियो। तर गठबन्धनको सरकार बनेदेखि मैले हेर्दैछु, राष्ट्रियतामाथि झन् झन् खतरा बढेको देखिन्छ ।

‘उनले उदाहरणको रुपमा राजदूत नियुक्ति, रुस-युक्रेन युद्धमा नेपालको वक्तव्य र एमसीसी ज्वलन्त उदाहरण भएको बताए । ‘सरकार बन्नेवितिकै प्रधानमन्त्रीले पश्चिमा तीनटा मुलुकको राजदूत नियुक्ति गर्नुभयो। चीन र जापानको गर्नुभएन,’ उनले त्रुटि औँल्याउँदै भने।

उनले एसपीपी रोक्न सफल भएकोमा नेताहरुलाई धन्यवाद दिए । ‘एमसीसी अनुमोदन भए पनि हामीले एसपीपी रक्यौं। नत्र अमेरिकी सेनाहरु हाम्रा पहाड हिमाल परेड खेल्थे। त्यसका लागि नेताहरुलाई धन्यवाद दिनैपर्छ,’ उनले भने।