कास्की, १५ असार । नेकपा एमाले संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग गरेकाे छ । आज पत्रकार सम्मेलन गर्दै बजेटमाथि निकास दिन नसकेको भन्दै एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलकाे राजीनामा मागेको हो ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भने , ‘सरकारले राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’
कांग्रेस र माओवादीबीचको विवादले बजेटमाथिकाे छलफल रोक्न नमिल्ने उनको भनाइ छ । ‘मुख्यमन्त्रीले संसद् रोक्न मिल्दैन । दलको विवाद मुख्यमन्त्रीको समस्या हो, संसद्को होइन,’ उनले भने ‘कि मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्छ । कि मुख्यमन्त्री आफैँले राजीनामा दिनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्