काठमाडौँ, १६ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।
आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगका लागि कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्का पठाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिवेदन निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको हो ।
“निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्मा पठाइएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्