राजनीति

प्रधानमन्त्री देउवा र भरतीय राजदूतबीच भेटवार्ता



काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तबीच भेटवार्ता भएको छ ।

आज राजदूत श्रीवास्तले देउवालाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको नेपाल भ्रमणबाट दुई देशको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे।