राजनीति

सत्तापक्षकै सांसदले भनिन्, ‘परमादेशकै सरकार भए पनि बजेट प्रस्तुत गर्न सकेकोमा बधाई’



काठमाडौँ, १८ जेठ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद निरूदेवी जैरूले वर्तमान सरकार अदालतको परमादेशबाट बनेको बताएकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान सरकार अदालतको परमादेशबाट बने पनि बजेट प्रस्तुत गर्न सफल हुनु उपलब्धिपूर्ण भएको बताएकी हुन् ।

उनले भनिन, “दुईपटक हत्या भएको संसद् ब्युँताएर परमादेशकै सरकार भए पनि हामी छौँ है भनेर बजेट प्रस्तुत गर्न सकेकोमा हार्दिक बधाई दिन चाहन्छु ।” सांसद जैरूले बजेट कार्यान्वयनको पाटो महत्त्वपूर्ण भएको भन्दै आदिवासी, दलित, महिला तथा पिछडिएको समुदयाको मुद्दा पनि समावेश भएको बताइन् ।