Banner News

शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने: देउवाविरुद्ध विद्रोह गर्ने तयारी



काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ ।

बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । देउवाको मनोमानी कायमै रहेमा विद्रोह गर्नुपर्ने सो समूहका नेताहरुले बताउँदै आएका छन् ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।