काठमाडौँ, १७ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।










प्रतिक्रिया दिनुहोस्