राजनीति

अध्यक्ष दाहाल र राजेश हमालबीच भेटवार्ता



काठमाडौँ, १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए । भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए ।