काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणकाे पुष्टि भएको थियो ।
उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उनले जार तथा बोतलकाे पानी पनि उमालेर मात्रै पिउन आग्रह गरेका छन । यस्तै, खुला ठाउँमा दिसापिसाब नगर्न पनि डाक्टर अधिकारीको आग्रह छ ।










प्रतिक्रिया दिनुहोस्