Banner News

संघीयताको वर्तमान स्वरूप सही छैन : अध्यक्ष थापा



सुर्खेत, १७ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप सही नभएको बताएका छन् ।

आज सुर्खेतमा पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष थापाले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको र परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क छ ।

उनले भने, ‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ ।’

अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने दाबीसमेत गरे । ‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । यसलाई समयमै नियन्त्रण गर्न आवश्यक छ,’ अध्यक्ष थापाले भने ।