काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ ।
महानगरको आज बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्