Banner News

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा



काठमाडौँ, १८ असार । अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ भने अरु केही प्राविधिक काम बाँकी रहेको छ । अबको हप्ता, १० दिनभित्र अनलाइन प्रणाली तयार हुने बताइएको छ । आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

आयोगकाअनुसार मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध हुनेछ । यो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।