समाचार

केएमसी होस्टलकी कर्मचारी मृत अवस्थामा फेला



काठमाडौँ, १९ असार । काठमाडौँको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । उनको शव घटनास्थलमै रहेको र मृतकका वुवा आमा गएराति काभ्रेबाट काठमाडौँ आएका छन् । घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।