काठमाडौँ, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् ।
आजदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।
उनले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागिपर्ने बताए । उनले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको पनि बताए ।










प्रतिक्रिया दिनुहोस्