Banner News

एमालेद्वारा १४ विभागको सचिव मनोनित (सूचीसहित)



काठमाडौँ, १९ असार । नेकपा एमालेले विभिन्न १४ वटा विभागको सचिव मनोनित गरेको छ । आज बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको हो ।

१४ वटा विभागको मनोनित सचिवहरु:

वित्त तथा कोष व्यवस्थापन विभाग : डा. भीष्म अधिकारी

संगठन विभाग : सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल

श्रम तथा रोजगार विभाग : जनक चौधरी

संसदीय विभाग : डा. सूर्य पाठक

सामाजिक सेवा विभाग : डा. नेत्रप्रसाद तिम्सिना

संस्कृति विभाग : राजेश थापा

स्थानीय तह विभाग : हर्क राई

प्रचार तथा प्रकाशन विभाग : गगन विष्ट

परराष्ट्र मामिला विभाग : डा. अन्जान शाक्य

संघीय मामिला तथा सामान्य प्रशासन विभाग : शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग : पुष्प ज्योति ढुंगाना

अर्थ तथा योजना विभाग : योगेन्द्र शाही

कानून विभाग : डिल्लीराम मैनाली