Banner News

एमाले अध्यक्ष ओलीले संसद बैठकलाई संबोधन गर्ने



काठमाडौँ, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकलाई संबोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई ओलीले संबोधन गर्ने भएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले आजको बैठकमा समसामयिक विषय, बजेट, स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे धारणा राख्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।