समाचार

भारतीय दूतावासका सुरक्षागार्डद्वारा आत्महत्या



काठमाडौँ, २० असार । भारतीय दुतावासमा कार्यरत भारतीय सुरक्षागार्डले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

लैनचौरस्थित दुतावासमा कार्यालय समयमै सुरक्षागार्ड ३२ वर्षीय दीपक सिंहले आत्महत्या गरेका हुन् । उनी इन्डियन आर्मीको कमान्डो भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।

दूतावासको घटनामा भारतीय पक्षले नै अनुसन्धान गरी शवको जिम्मा लिने बताइएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।