राजनीति

अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने



काठमाडौँ, २१ असार । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग यसबारे छलफल गर्ने भएका छन् ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।

प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।