राजनीति

संसदीय समिति गठन र अर्थमन्त्री बर्खास्त गर्नु पर्ने एमालेको बटमलाइन



काठमाडौँ, २२ असार । नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन र मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

एमालेको प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आफूहरूले यी दुई माग प्रस्तुत गरेको हो । उनले भने, “हाम्रो माग अर्थमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र उनलाई बर्खास्त गर्नुपर्ने भन्ने हो । हामी आन्तरिक छलफलमा छौँ । ,” आफूहरूको माग सम्बोधन नहुँदासम्म विरोध जारी रहने उनको भनाइ छ ।