Banner News

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति



काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे छलफल भएको थियो । लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भयो ।