Banner News

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदले बनायो विशेष समिति



काठमाडौँ, २२ असार । प्रतिनिधि सभाले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको छ । १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा रहेका सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।