काठमाडौँ, २२ असार । मन्त्रिपरिषद् बैठकले विभिन्न २३ निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन ।
१. असार २४ देखि २६ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने रिफाउन्डिङ द फिउचर कार्यक्रममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने,
२. संयुक्त राष्ट्रसंघको आयोजनामा असार २१ देखि २३ तथा २७ देखि ३१ सम्म आयोजना हुने इकोसोक हाइलेभल फोरम २९ देखि ३१ सम्म हुने मिनिस्टेरियल सेग्मेन्ट र साउनमा हुने हाइलेभल सेग्मेन्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने,
३. खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार क्षेत्र आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने,
४. नेपाल प्रहरीमा क्षमता सहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने,
५. हरित ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री ऊर्जाको प्रर्वद्धनका लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सहायता रकम स्वीकार गर्ने,
६. हरित तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक सहयोग स्वीकार गर्ने,
७. पहाडी क्षेत्रमा कास्टफल तथा फलफूल अयोजनका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता सम्बन्धी अन्तिम रूप दिन अर्थमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,
८. विभूषण समितिका सदस्यका रूपमा रहेका अन्य सदस्यहरू यथावत् रहनेगरी कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजित बास्कोटा विभूषण समितिको सदस्य तोक्ने,
९. नेपालको नागरिकता एने २०३६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृत दिने,
१०. सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने,
११. प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउन स्वीकृत प्रदान गर्ने,
१२. विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार ३३० गरिव परिवारहरूको सूची स्वीकृत गर्ने,
१३. राष्ट्रिय बालअधिकार परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालीकासम्बन्धी नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक श्री मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बालअधिकारको उपाध्यक्ष तीन जना सदस्य र सदस्यसचिवहरू नियुक्त गर्ने,
१४. वाग्मती प्रदेश ट्राफिक कार्यालयलाई चितवन जिल्लाको भरतपुर १ रामनगरस्थित सतनचुली सामुदायिक वनको ०.४६ हेक्टर वनक्षेत्र प्रयोग गर्न स्वीकृत दिने,
१५. कर्णाली प्रदेशको प्रादेशीक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका वडा नम्बर १२ मा रहेको राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने,
१६. भाषा आयोगको सदस्य पदमा डा. अम्मरराज गिरी, प्रा.डा. कृष्णप्रसाद न्यौपाने , मातृकाप्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृत योन्जन तामाङ्लाई नियुक्त गर्ने,
१७. विभिन्न स्थानीय तहलाई परियोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने,
१८. नेपाल दुरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परLक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने,
१९. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ठ रिक्त पदमा सहसचिव डा. गोपिकृष्ण खनाललाई बढुवा गर्ने,
२०. नेपाल कृषि तथा वन सेवा समुहीकरणतर्फको राजपत्रांकित विशिष्ठ पदमा डा. दिपककुमार खनाललाई बढुवा गर्ने,
२१. नेपाल स्वास्थ्य सेवा अधिकृततर्फको १२औँ तहमा डा. संगिता कौशल मिश्रलाई बढुवा गर्ने,
२२. हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने,
२३. वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापिका निर्देशिका २०७९ स्वीकृत गर्ने,










प्रतिक्रिया दिनुहोस्