Banner News

संघको चुनाव दुई चरणमा गर्न सरकारलाई प्रहरीको सुझाव



काठमाडौँ, २३ असार । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

केन्द्रीय सुरक्षा समितिको वैठकमा प्रहरीले यस्तो सुझाव दिएको छ । दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने प्रहरी ठहर छ ।

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । यसअघि ०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो भने ०७९ वैशाख ३० मा एकै चरणमा स्थानिय तह निर्वाचन गरिएको थियो ।