दाङ, २४ असार । दाङको देउखुरीमा राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार बाढीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको हो ।
हिजाे हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका-१ जेठान गाउँ जाने क्रममा चाैधरीलाई नदीले बगाएकाे थियाे। चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्याएको थियो । चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजाे बेलुका प्रहरीलाई खबर गरेका थिए ।
चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्