सुनसरी, असार २४ । धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ। मेयर साम्पाङले आफू चढनका लागि किनेको सरकारी गाडी बेचेर सडकका खाल्डाखुल्डी पुर्न प्रयोग हुने रोलर किन्ने निर्णय कार्यपालिकाले बैठकबाटै गराउनु भएको छ ।
मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई कार्यपालिका बैठकले पारित गरेको हो । ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भन्नुभयो।
मेयर निर्वाचित भए पनि साम्पाङ प्रायः आफ्नो मोटरसाइकल प्रयोग गर्दै आउनु भएको छ । धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्