काठमाडौँ, २४ असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ ।
प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ । काठमाडौँको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ ।
मन्दिरको शहर भनेर चिनिने काठमाडौँमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ । ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्