समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



महोत्तरी, २४ असार । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार महोत्तरी गाँउपालिका ५ गौरिगामा गएराति मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका ६ का ३० वर्षीय मुकेश मण्डलको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वरस्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।