काठमाडौँ, २८ असार । सरकारले बाढी र पहिरोजस्ता विपद्बाट जोगिन बेलैमा सचेत हुन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिमबारे पहिला नै सम्बन्धित निकायसँग जानकारी लिएर मात्रै आफू जान चाहेको ठाउँमा निष्किन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार कतातिर पानी पर्दैछ । खहरे खोला, नदी बढेका छन् कि, घरगाउँबाट टाढा जान ठिक समय छ कि छैन । आफूलाई चाहिएको ठाउँको मौसमको जानकारी लिएर मात्रै यात्रा गर्नुपर्दछ ।
बाढीबारे ११५५ र मौसमबारे जानकारी लिन ०१–४११३१९१ मा फोन गर्न सकिने प्राधिकरणले जनाएको छ । यी नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।










प्रतिक्रिया दिनुहोस्