अर्थ

नेप्सेमा सामान्य सुधार



काठमाडौँ, २८ असार । आज सेयर बजार मापन परिसूचक नेप्से ११.६८ अंकले बढेको छ । मंगलबार नेप्से ११.६८ अंकले बढेर एक हजार ९२७.२८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.०९ अंकले बढेको छ ।

मंगलबार दिनभर २६६ कम्पनीका ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँबराबरको कारोबार भयो ।

यसैगरी, आज नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ४ प्रतिशतले घटेर ८२० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा ७४ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६५ अंकको सुधार आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ४१ अंकले बढेको छ भने व्यापार समूह २६ अंकले बढेको छ भने विकास बैंक समूह २६ अंकले बढेको छ ।