काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ ।
नेपालको चारदिने भ्रमणमा रहेको लिउ नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान शीतलनिवास पुगी राष्ट्रपतिसमक्ष शिष्टाचार भेटवार्ता भएको हो ।
यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन र प्रतिपक्ष दलका विभिन्न नेताहरूसित भेटवार्ता गरेका थिए । लिउ नेतृत्वको टोली आजै स्वदेश फर्कनेछ ।










प्रतिक्रिया दिनुहोस्