पर्सा, २९ असार । पर्सामा स्रोत नखुलेको नगद २० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोकमा बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकमसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भारतको बिहार मोतिहारी रक्सोल बस्ने २८ वर्षीय संजीत कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्